विश्वकप छनोटः मलेसियाले दियाे नेपाललाई ८४ रनको लक्ष्य (LIVE)

विश्वकप छनोटः मलेसियाले दियाे नेपाललाई ८४ रनको लक्ष्य (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ९ ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङको मौका पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो ।

उसका लागि सायद अजिजले ३०, विरन्दीप सिंहले २१, कप्तान अहमद फैजले ९ रन बनानुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सोमपाल कामीले ३, बसन्त रेग्मीले २, करण केसी र सन्दीप लामिछानेले एकएक विकेट लिए । 

वर्षाकाकारण ढिला गरी टस भएको खेलमा आज नियमित कप्तान पारस खड्का छैनन् । उनी ढाडको समस्याकारण आजको खेलमा उपस्थित हुन नसकेका हुन् । मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गरिहेका छन् । 

नेपालको प्लेइङ ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनाश बोहरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी र प्रदिप ऐरी ।

">

नेपाल भर्सेस मलेसिया

संम्बधित खबर

विशेष