बाढीले तीन जना बगायो

बर्दिया। गएरातिदेखिको अविरल वर्षापछि आएको बाढीले बर्दियामा तीन जना बगाएको छ । बर्दियाको बबई नदीमा आएको बाढीले बाढीले ३ जनालाई बगाएको हो ।
३ जना मध्ये एक जनाको जिवितै उद्धार गरिएको छ । २ जना भने बेपत्ता छन् । काठ संकलन गर्न गएका बेला उनीहरुलाई नदीले बगाएको हो । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।