News

एमएसपीद्वारा ‘स्मार्ट लाइसेन्स’ मा फेरि धोका

एमएसपीद्वारा ‘स्मार्ट लाइसेन्स’ मा फेरि धोका

काठमाडौं । मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्यो तर भएन ।

विभागका कम्प्युटर निर्देशक श्रीचन्द शाहले एमएसपीले असारभित्र ल्याउनुपर्ने प्रिन्टर अझै नल्याएको बताए । यसअघि पनि एमएसपीले साढे ११ लाख कार्ड लेजर प्रविधिबाट प्रिन्ट गर्ने ठेक्का पाएकोमा सम्झौता अवधिभरमा मुस्किलले आठ लाख स्मार्ट लाइसेन्स प्रिन्ट गरेर सरकारलाई धोका दिएको थियो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

स्मार्ट लाइसेन्स

विशेष