भारतप्रति आक्रोशित स्थानीय, गाउँ डुबेपछि भत्काए गण्डक नहर
काठमाडौं । पानीले निकास नपाएर गाउँ डुबेपछि स्थानीयले बुधबार गण्डक नहरको डिल भत्काइदिएका छन् । भारतले त्रिवेणीमा बाँध बनाएर नारायणीको पानी नेपाली भूभाग हुँदै नहरमार्फत लगेको छ । नहरकै कारण हजारौं बिघा धानखेती र सुस्ता गाउँपालिका–१ को महलबारी गाउँ डुबेपछि स्थानीय आक्रोशित छन् ।
लगातार तीन दिनदेखि वर्षा भएकाले गाउँमा बाढी आएको थियो । बुधबार झिसमिसेमा सबै मिलेर कोदालो र गैंचीले नहरको उत्तरी डिल भत्काइदिएको स्थानीय रामु न्यौपानेले बताए । बाढीको पानी नहरबाट निकास भएपछि जोखिम घटेको उनको भनाइ छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
गण्डक नहर