नदीमा डुबेर कैलालीमा २ जनाको मृत्यु

धनगढी । कैलालीमा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ । लम्किचुहा नगरपालिका–६ गुलरा स्थित चरेला नदीमा डुबेर १५ वर्षीया कल्पना चौधरीको ज्यान गएको कैलाली प्रहरीले जनाएको छ। त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थित सुक्तिकाँडा नदीमा डुबेर एक किशोर मुत्यु भएको छ।
केहि दिन अघि दैलेखबाट फुपुलाई भेट्न घोडाघोडी आएका १६ वर्षीय नवराज न्यौपानेको साथिसँग नुहाउन गएका उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षका राज जोशीले जानकारी दिए।
नदी कैलाली