मध्य असारमा किन गर्मी ? यस्तो छ कारण
काठमाडौँ । असारको मध्यमा पनि चैत्र वैशाखको जस्तो घाम छ । किन त ? यसबारे हामीले जल तथा मौसम पूर्वानुमान महाशाखामा बुझ्दा महाशाखाका मौसमविद् समीर श्रेष्ठ भन्छन् – ‘ मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही पर रहेकाले झरी पर्ने गरी मनसुन सक्रिय हुन नसकेको हो । ’
उनका अनुसार नेपालमा पानी पर्ने तीन कारण छन् । बंगलाको खाडी, मनसुनी रेखाको ढल्काइ र न्युनचापिय रेखाबाट वहने हावा । अहिले बंगालका खाडीबाट पर्याप्त जलवाष्प आएको छैन भने मनसुन सञ्चालन गर्ने मनशुनी रेखा, उत्तरदक्षिण तिर ढल्किएको हुन्छ । उत्तर दक्षिण ढल्कने यसको टुप्पो बढी नेपालतिर ढल्किए नेपालमा बढी पानी पर्छ भने भारततिर ढल्किए भारततिर । अहिले यो बढी भारतकेन्द्रित छ त्यसैले भारतमा भारी वर्षा भएको छ ।
अर्को कारणमा बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेकाले नेपालमा जलवाष्प युक्त वायु हाम्रोमा आइपुग्न सकेको छैन । त्यसो भए अन्यत्र पानी परेको छैन त ? –‘ श्रेष्ठ भन्छन् : ‘पानी नै नपरेको होइन, धेरथोर परेकै छ । पश्चिमका पहाडी क्षेत्रमा बढी पानी परेको छ । काठमाडौँ लगायतमा पर्याप्न नपरेको हो । ’