विदेशी मिसकलबाट सावधान, नगर्नुस् कलब्याक
काठमाडौँ । पछिल्ला केहीदिनदेखि विदेशको अपरिचित नम्बरबाट तपाईँको नम्बरमा मिसकल आएको छ ? बुधबार +४८ नम्बरबाट धेरै मोबाइलमा मिसकल आएको थियो । यस्ता कल आएमा सावधान हुनुहोस् । यस्ता कल हरु वाङगिरी भएको नेपाल टेलिकमले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्यस्ता कलहरु Wangiri Scam (One ring scam) भएकोले नउठाउन सबैलाई आग्रह गरेको छ।
जापानी भाषाको वाङ्गिरी शब्दको अर्थ एक रिङ अनि काट्नु हो। छोटो एक रिङमात्रै आउने वाङगिरी उठाउन नभ्याई काटिन्छ । पछि मिसकल देखिने भएपछि विदेशबाट कोही आफन्त साथीभाइले गरे कि भनी कलब्याक गर्दा यो नम्बरले प्रिमियम रेट सर्भिस भएको फोन नम्बरमा कल फरवार्ड गर्ने भएकलो ब्यालेन्स काटिन्छ । त्यसैले यस्तो ठगीबाट बच्न यस्ता नम्बरहरुमा कलब्याक गर्न नहुने प्राधिकरणले जनाएको छ । यदि यस्ता कलहरु आएको छ भने इमेलहरु [email protected] वा [email protected] मा इमेलबाट जानकारी दिन दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।