पक्राउ पूर्जी गरेपछि छवि र शिल्पा भूमिगत

काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पूर्जी बुधबार जारी भएको थियो। सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री पोखरेल भूमिगत भएका छन्। यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ। यतिबेला निर्माता छविराज काठमाडौंमै छन्। पोखरेल भने भोजुरी फिल्मको छायांकनका लागि धरानमा थिइन्।
बुधबार पक्राउ पूर्जी जारी भएपछि फिल्म छायांकन स्थलबाट शिल्पा पनि भूमिगत भएको छायांकन युनिटका एक व्यक्तिले बताएका छन् । निर्माता छविराजको जेठी श्रीमती हेमाले छविराज र शिल्पाविरुद्ध गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्। यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
छविराज ओझा शिल्पा पोखरेल बहुविवाह प्रकरण भूमिगत