News

पूर्वमन्त्री सिंहको निधन

पूर्वमन्त्री सिंहको निधन

लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । वि.सं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह वि.सं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।

 

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् । उनका जेठो डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छा छोरा सुमनप्रसाद प्राध्यापक छन् । स्व. सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले बताएको छ ।

रक्तचाप चतुर्भुजप्रसाद सिंह

विशेष