प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा थपलिया सिफारिस
हेटौँडा । प्रदेश नं ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिश गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका–१४ कलंकी निवासी उनलाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ । ३२ वर्षअघि अभिवक्ता बनेर कानूनी क्षेत्रमा लागेका थपलिया वि.सं २०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता भएका थिए । तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका उनले राजनीति शास्त्रमा एमए र कानून विषयमा एलएलएम गरेका छन् ।
ओमप्रसाद थपलिया मुख्य न्यायाधिवक्ता