आइफाबाट देशलाई हुने लाभ/हानी विश्लेषण गरि निर्णय गर्नुपर्छ : नेता नेपाल

आइफाबाट देशलाई हुने लाभ/हानी विश्लेषण गरि निर्णय गर्नुपर्छ : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारवाहीप्रति चिन्ता व्यक्त गरेक छन्।

पूर्वसांसद मञ्च नेपालको १९ औ साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दे नेता नेपालले सरकारका कामकारवाही अलोकप्रिय भएको भन्दै चित्ता व्यक्त गरेका हुन्। उनले पूर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलापका कारण सरकारप्रति जनतामा विश्वास घट्दै गएको बताए ।

व्यवहारमा पुष्टि नहुने सिद्धान्त सहि सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औँल्याए । उनले नेतृत्वले सधैँ विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने बताए ।

‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ । व्यवहारले ठीक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ’ नेपालको भने।

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भ उनले देशलाई हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राखे । ‘आफ्नो देशको साधनहरू संयन्त्रहरूलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ। राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजी फस्टाउने। नेपालीले दुःख पाउने विदेशी रमाउने, त्यस्तो तरिका अपनाउने होइन। नेपालको उद्योगधन्दा धरासायी हुने विदेशी उद्योग एकदम लहलहाउने स्थिति होइन’ उनले भने।

माधवकुमार नेपाल

संम्बधित खबर

विशेष