कालीगण्डकी आसपास सतर्क रहन प्रशासनको आग्रह

काठमाडौँ । कालीगण्डकी नदीको सतहमाथि पानी बढ्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
म्याग्दी, बागलुङ र पर्वतका तटीय क्षेत्रबासीलाई सतर्क रहन भनिएको हो । पर्वतको मालढुंगा, सेतीवेणी, बेनीबेनीबजारका बासिन्दा खतरामा रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।