समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेका छाैँ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक न्यायसहितको समृद्ध निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको बताउनुभएको छ ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘एसिया प्यासेफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुई दिने सम्मेलनमा प्रचण्डले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’ को नारा अघि सारेको दाबी गर्नुभयो ।
समाजवाद निर्माणका लागि क्युबाको कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले तारिफ गर्नुभयो ।
क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाइँ विश्वभरकै कम्युनिस्टका लागि आदर्श बनिरहने उहाँको भनाइ थियो ।