News

इनरुवादेखि काँकडभिट्टासम्म रेल चलाउन चाँडै टेन्डर खुल्दै

इनरुवादेखि काँकडभिट्टासम्म रेल चलाउन चाँडै टेन्डर खुल्दै

काठमाडौं । सकारले पूर्व पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ । भौतिक पूर्वाधार तथा यातयाात मन्त्रालयअन्तर्गको रेल विभागले विस्तृत अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो ।

पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन पछि निजगढ–बर्दीवास ७० किलोमिटरमा ट्रयाक निर्माण जारी छ । यसका लागि आव ७६/७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्याइएको छ । 

मन्त्रालका सचिव देवेन्द्र कार्कीले पूर्वपश्चिम  रेलमार्गको काम सहज रुपमा अघि बढ्ने बताए । ‘यो आर्थिक वर्षमा केही बजेट पनि बढेको छ । बर्दिबास निजगढसम्म काम भइरहेको छ,’ उनले भने, ‘ काँकडभिट्टादेखि इनरुवासम्म टेन्डर निकाल्ने तयारीमा छौं । अपुग रकम अर्थसँग आग्रह गर्ने छौं । 
कान्तिपुर दैनिकबाट
 

विशेष