विदेश Breaking News

हङकङमा प्रदर्शन फेरि चर्कियो, प्रहरी घेरा नै तोडियो

हङकङमा प्रदर्शन फेरि चर्कियो, प्रहरी घेरा नै तोडियो

हङ्‌कङमा प्रहरी प्रतिबन्ध तोड्दै हजारौँ प्रदर्शनकारी सडकमा भेला भएका छन्। प्रदर्शनकारीहरूले उत्तरी शहर युएन लङमा प्रदर्शन गरिरहेका छन्, जहाँ प्रजातन्त्रवादी प्रर्दशनकारीमाथि सशस्त्र मुखौटा लगाएका मानिसहरूले गत हप्ता आक्रमण गरेका थिए।

प्रदर्शनकारीहरूले प्रहरीलाई ती मुखौटाधारी आक्रमणकारीप्रति आँखा चिम्लिएको आरोप लगाएका छन्, जुन प्रहरीले अस्वीकार गरेको छ। हङ्‌कङमा एउटा विवादास्पद सुपुर्दगी विधेयको विरोधबाट शुरू भएको प्रदर्शन हप्तौँदेखि हुँदै आएको छ।

एकदमै अस्वाभाविक कमद चाल्दै हङ्‌कङ प्रहरीले हिंसा हुन सक्ने त्रास उत्पन्न भएको भन्दै शनिवारको प्रदर्शनमाथि प्रतिबन्ध लगाएको थियो। तर प्रदर्शनकारीहरू युयेन लङमा जम्मा भएर प्रहरी विरोधी नारा लगाइरहेका छन्।

दङ्गा प्रहरीहरू पनि उपस्थित छन् र प्रदर्शन शुरू भएपछि प्रहरी अधिकारीहरू प्रदर्शनकारीको भिडिओ खिचिरहेका देखिन्छन्। गत आइतवार १०० जना जति सेतो टीशर्ट लगाएका मान्छेहरू युएनको मेट्रो स्टेशनमा झरेर प्रदर्शनकारी, पत्रकार र बटुवालाई काठ र धातुका लठ्ठीले कुटपीट गरेका थिए।

त्यसैको विरोधमा आजको र्‍याली आयोजना गरिएको हो। आक्रमणमा ४५ जना घाइते भएका थिए, त्यसको दोष एउटा समूहमाथि लगाइएको थियो।

प्रहरीले आपत्‌कालीन कल गर्दा ढिलो प्रतिक्रिया दिएको आरोप लगाएका थिए। आक्रमणकारीले रेल्वे स्टेशनबाट बाहिरिएपछि मात्र प्रहरी आएको आरोप लगाएका थिए। प्रहरीले अहिलेसम्म उक्त समूह सम्बद्ध नौजना गिरफ्तार गरिसकेको जनाएको छ।

विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो। हङ्‌कङ सन् १९९७ यता 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग रहिआएको छ।

त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ। तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्‌कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।

विधेयक निलम्बन गरिएपछि प्रदर्शनकारीका चारवटा खास माग छन्:

  • विधेयक पूर्ण रूपमा फिर्ता लिइनुपर्ने
  • जुन १२ को प्रदर्शनलाई व्याख्या गर्दा प्रयोग गरिएको 'दङ्गा' शब्द फिर्ता लिनुपर्ने
  • पक्राउ परेका सम्पूर्ण प्रदर्शनकारीहरू मुक्त गरिनुपर्ने
  • प्रहरी दमनको अनुसन्धान गरिनुपर्ने

जोस्अ वाङ्क सन् २०१४ को प्रजातन्त्र पक्षधर प्रदर्शनका एकजना नेता हुन् जो १७ जुनमा जेलबाट छिट्टै छुटेका थिए। जेलबाट छुटेपछि उनले सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै बेइजिङपक्षधर प्रमुख कार्यकारी क्यारी लामले पद छाड्नुपर्ने बताएका थिए।

विशेष