राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयले भारतसँग संयुक्त आयोगको पाँचौ बैठकका लागि ताकेता गरिरहेको अवस्थामा भेट भएको हो । जयशंकारले आयोगको बैठक केही समय पछिका लाग राखेको बताइएको छ । भेटमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको अधिकारीहरुले बताएका छन् । कोविन्द साउनमा नै नेपाल आउने भनिएपछि एक महिना ढिलो गर्ने गरी कार्यक्रम अघि बढेको बताइएको छ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।
नीलाम्बर आचार्य एस जयशंकर