सेल्फी जोसले गयो किशोरीको ज्यान

सेल्फी जोसले गयो किशोरीको ज्यान

नदी माथिको डिलमा उभिएर सेल्फी लिँदा एक युवतीले अनाहकमै ज्यान गुमाएकी छिन् । महालक्ष्मी नगरपालिका निवासी १९ वर्षीया शर्मिला कर्माचार्यको तामाकोशी नदीले बगाउँदा ज्यान गएको हो । 

सेल्फी खिच्ने क्रममा होश नपुर्याउँदा चिप्लिएर तामाकोशीको भेलमा परेकी थिइन् । साउने भेलका कारण तीब्र गतिमा रहेको तामाकोशीमा पसेर तत्काल उद्धार गर्ने आँट कसैल गर्न सकेन । सेना, प्रहरीको उद्धार टोली आइपुग्दा ढिला भइसकेको थियो । मन्थली विमानस्थल नजिकबाट मृत अवस्थामा उनको शब निकालिएको थियो । 

उनको शब तामाकोशी अस्पतालमा राखिएको छ । परिवारजन आएपछि शब बुझाइने प्रहरीले जनाएको छ ।  
 

युवती सेल्फी

संम्बधित खबर

विशेष