News

पुलिसलाई ५ सय घुस दिन खोज्ने पक्राउ

पुलिसलाई ५ सय घुस दिन खोज्ने पक्राउ


काठमाडौँ । कागजपत्र नभएको मोटरसाइकल चेकजाँचमा परेपछि प्रहरीलाइ ५ सय घुस दिन खोज्ने पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–२ सानोभर्‍याङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २५ वर्षीय मिलन तामाङ र चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने २८ वर्षीय मिरङ पुन छन् । ग.९ प ६०९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कागजपत्र नभएपछि कारवाहीबाट बच्नका लागि उनीहरुले घुस दिएका थिए । उनीहरुलाई घुससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  


त्यस्तै काठमाडौं महानगरपालिका–२८ स्थित रणोदिप पुलबाट प्रहरीलाई नगद ४ सय रुपैयाँ दिई आर्थिक प्रलोनभमा पार्न खोज्ने सिराहा औरही गाउँपालिका–४ बस्ने २५ वर्षीय आशिष आनन्द कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


बिना हेल्मेट स.९ प ३२०९ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारेपछि कारबाहीबाट बच्न उनले ४ सय घुस दिएका थिए । 

घुस प्रहरीलाइ घुस

विशेष