News

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक ततिजा अनुसार नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । ३ हजार ६७ विद्यार्थीले उच्च तह ३.६१ देखि ४.०० जीपीए ल्याएका हुन् । 


यस्तै, १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । ३१ हजार विद्यार्थीले २.८१ देखि ३२० जीपीए, ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८०, ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए, ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.०० जीपीए ल्याएका छन् ।

त्यस्तै १.२१ देखि १.१६० जीपीए ल्याउने १९ हजार जना छन् । ३ हजार ५ सय २४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३ सय ६२ जनाले ०.० देखि ०.८० ल्याएका छन् । 

परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका बोर्डले जनाएको छ ।


५७ हजार १ सय ७० परीक्षार्थीले आशिंकतर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । गएको वर्षदेखि बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गर्न थालेको हो ।


यसरी हेर्नुहोस् नतिजा
बोर्डले विभिन्न बेभसाइटमार्फत ततिजा हेर्न सकिने जनाएको छ । 
राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट : http://www.neb.gov.np/
नेपाल टेलिकमको वेबसाइट :  https://www.ntc.net.np/
एजुकेसन प्रालिको वेबसाइट : https://neb.edusanjal.com/

विशेष