News

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्ड स्रोतका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङ्कलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएकाले नतिजा आज सार्वजनिक गरिन लागिएको हो । 

आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले सोमबार नतिजा प्रकाशन गर्न लागिएको हो। नतिजा प्रकाशनका लागि सोमबार साँझ बोर्ड बैठक बोलाइएको छ।

गत वैशाखमा सम्पन्न परीक्षामा मुलुकभरबाट चार लाख परीक्षार्थी सहभागी थिए।  बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो। यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो।

सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड

विशेष