२५ सिडिओको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहायक प्रजिअहरुको सरुवा गरेको छ । गृहले आइतबार उनीहरुको सरुवा गरेको हो। सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ।
यस्तै गृह मन्त्रालयबाट ज्ञाननाथ ढकाललाई प्रजिअका रुपमा म्याग्दी सरुवा गरिएको छ। मुवराज कट्टेललाई दैलेख र वेदनिधि खनाललाई सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।