संसदीय समितिबाट नगरकोट जाने सडक अनुगमन, एक वर्षभित्र सम्पन्न गर्न संसदीय निर्देशन
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरभेटी एवं ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्शनले जिम्मा लिएको कमलविनायक – नगरकोट सडक निर्माण एक वर्षभित्र सम्पन्न गर्न संसदीय समितिले दिर्नेशन दिएको छ ।
दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी विसं २०७० सालमा १७ किलोमिटर सडक निर्माणका लागि शैलुङ कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । ३७ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको शैलुङ कन्स्ट्रक्शनले समयमैँ निर्माण सम्पन्न नगरेपछि समितिले सडक खण्डको स्थलगत अनुगमन गरेको थियो ।
समितिले एक वर्ष भित्र निर्माण सम्पन्न हुनेगरी कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।
भारतको एक्जिम बैंकको सहयोगमा विस्तार हुन लागेको यो सडक आयोजना आर्थिक बर्ष २०७२र७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएपनि ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन ।