विदेश

पाकिस्तानी सेनाको विमान आवास क्षेत्रमा दुर्घटनाग्रस्त, पाइलटसहित १९ मारिए

पाकिस्तानी सेनाको विमान आवास क्षेत्रमा दुर्घटनाग्रस्त, पाइलटसहित १९ मारिए

पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलपिन्डीको आवास क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा ५ चालक दलका सदस्यसहित १९ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार मारिनेमा १४ जना आम नागरिक थिए। उक्त घटनामा १२ जना घाइते भएका छन्। प्रशासनका अनुसार आवास क्षेत्रमा दुर्घटना भएकाले क्षति धेरै हुने अनुमान गरिएको छ। साथै मृतकको संख्या बढ्न सक्छ।

सेनाका अनुसार दुवै विमान चालकको मृत्यु भएको छ। उधर, राललपिन्डीको अस्पतालमा आपतकाल घोषित गरिएको छ। पाकिस्तानी सेनाका अनुसार विमान प्रशिक्षण उडानमा थियो। सोही क्रममा विमान रावलपिन्डीको बाहिरी क्षेत्रमा रहेको मोरा कालु गाउँमा दुर्घटनाग्रस्त भएको हो। अध्यारो भएका कारण राहत र बचाउ कार्यमा समस्या भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

बिमान दुर्घटना

विशेष