३६ हजारमै वाइडबडी चढेर जापान जान पाइने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ।
आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी भाडा करसहित ३६ हजार ९९९ रुपैयाँ निर्धारण गरेको हो। दसैंअघि पुनः अर्को भाडादर निर्धारण गरिने जनाइएको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
नेपाल एयरलाइन्स नेपाल वायुसेवा निगम जापान यात्रा