भदौदेखि विवाहमा ५१ जनामात्र जन्ती, एक हजारभन्दा बढी दक्षिणा दिन नपाइने

काठमाडौं । विभिन्न सामाजिक व्यवहारमा विकृति आइरहेको अवस्थामा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यवहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागू गरेको छ। गाउँपालिकाले जारी गरेको ऐनमा विवाह गर्दा दाइजो लिनदिन नहुने, विवाहमा सहभागी हुँदा केटी वा केटा पक्षबाट आमन्त्रण गरिएको छरछिमेक र इष्टमित्रले एक हजार रुपैयाँभन्दा बढीको जिन्सी उपहार वा नगद लिनदिन नहुने उल्लेख छ ।
यस्तै जन्दी जाँदा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्ती लैजान नहुने, केटा वा केटी पक्षले विवाह भोजमा नजिकका नातेदारबाहेक ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने ऐनमा उल्लेख छ। यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
जन्ती विवाह दक्षिणा