विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सशस्त्रका जवान
काठमाडौं । विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन् । विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति कार्यक्षेत्रभन्दा बाहिर रहेको छ ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाइृ दुई जना सुरक्षाकर्मी दिने व्यवस्था छ । तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको छ ।
स्रोतकाअनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुई जना डिएसपी, ८ इन्सपेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हवलदार, ५० हवलदार, १ सय १६ सहामयक हवल्दार र २ सय ४५ जवान परिचालित छन् ।
नागरिक दैनिकबाट