नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ 

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ 


काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार साँझ ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायत हुनुहुन्थ्यो । ताप्लेजुङबाट निर्वाचित भट्टराईलाई चुनाव प्रचारताका नै ओलीले मन्त्रीमा नियुक्त गर्ने आश्वासन दिनुभएको थियो ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्दै आउनुभएको थियो । 

संम्बधित खबर

विशेष