News

त्रिविको उपकुलपतिमा ‘खन्चुवा’को आँखा

त्रिविको उपकुलपतिमा ‘खन्चुवा’को आँखा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदावधि सकिनै लाग्दा नयाँ उपकुलपति बन्न केही व्यक्तिले दौडधुप शुरु गरेका छन् । आफ्नो पाँच वर्षे कार्यकाल सिध्याएर डा. तीर्थ खनियाँ आगामी भदौदेखि सेवानिवृत्त हुँदै छन् । खनियाँ नेपाली कांग्रेसको सरकार हुँदा उपकुलपतिमा नियुक्त भएका हुन् । 

डा. खनियाको अवधि सकिन केही समय बाँकी छँदा उपकुलपति बन्न रहर गर्नेहरु धेरै देखिन थालेका छन् । उपकुलपतिको दौडमा योग्यता पुगेका प्राज्ञिक क्षेत्रका व्यक्तिहरु लागिपर्नु स्वाभाविकै हो । तर, यसपटक उपकुलपति दौडमा भने यस्ता व्यक्ति पनि भित्रभित्रै लागि परेका छन्, जुन व्यक्तिले विगतदेखि नै विभिन्न निकायमा महत्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् । 

ती व्यक्ति हुने मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइराला । 

बुधबार साप्ताहिकबाट
 

विशेष