News

योगेश मन्त्री भएपछि के लेखे गगनले फेसबुकमा

योगेश मन्त्री भएपछि के लेखे गगनले फेसबुकमा


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराई नियुक्त भए लगत्तै नेपाली कांग्रेसका युवा नेता गगन थापाले बधाई दिएका छन् । थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका छन् । 

मन्त्रीको रुपमा भट्टराईको सफलता उनको पार्टी र नयाँ पुस्ताको राजनीतिकर्मीप्रतिको आशा र विश्वाससँग जोडिएको भन्दै उनले जिम्मेवारी सफल होस् भन्ने कामना गरेका छन् । 


यस्तो छ गगनकाे बधाइ

दाइ, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वास संग जोडिएको छ। मुरी मुरी शुभकामना ।।

विशेष