गुणस्तरीय सेवा दिन पोखरेलको आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल निजामती कर्मचारी संगठनले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा जोड दिनुपर्ने भएकाले त्यसमा केन्द्रित हुने गरी गतिविधि बढाउन आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा कर्मचारीहरुले खेलेको भूमिका उल्लेखनीय रहेको भन्दै कर्मचारीहरुले परिवर्तित सन्दर्भ अनुसार अघि बढन सक्नुपर्ने बताउनुभयो ।