News

प्रतिनिधि सभामा एक दिनको बैठक खर्च ७ लाख

प्रतिनिधि सभामा एक दिनको बैठक खर्च ७ लाख


काठमाडौँ । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न आवश्यक पूर्व तयारी देखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गर्दा सात लाख खर्च हुने गरेको हो ।

 

सात लाखमा कार्यकक्ष सरसफाई, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रशारणको चेकजाँच, जनशक्ति परिचालन, संसद भवनको बार्षिक भाडा, पानी, बिजुली लगायतमा खर्च हुने  संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।


संसद बैठक अवरुद्ध भएपनि सचिवालयले सांसदहरुलाई बैठक भत्ता वापत एक हजार र यातायात बापत १ हजार गरि प्रति सांसद २ हजार रुपैया उपलब्ध गराउनुपर्ने हुन्छ । संघीय संसद भवनको मासिक भाडा १८ लाख र बिजुली पानी लगायतमा मासिक १२ लाख खर्च हुने गरेको प्रवक्ता पाण्डेले बताउनुभयो । 
 

विशेष