योगेशले भने – म अधिकारीको उत्तराधिकारी
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आफू स्व. रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सपथ लिएलगत्तै सिंहदरबारमा पदभार ग्रहणपछि पत्रकारहरुसँग भट्टराईले आफू अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउनुभयो ।
भट्टराईले भन्नुभयो –‘उहाँले नै यो मन्त्रालयलाई राम्रोसँग सम्हाल्नु हुन्थ्यो, सम्हाली रहनु भएको थियो पनि, यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो, प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सकेनौं, उहाँलाई हामीले अल्पआयूमै गुमाउनु प¥यो, आज म त्यसै भएर उहाँको उत्तराधिकारीको रुपमा आएको छु, त्यसमा मलाई गर्व छ ।’
मन्त्रालयको कामलाई अगाडि बढाउने शिलशिलामा पूर्व पर्यटनमन्त्रीहरुको आवश्यक सल्लाह लिएर अघि बढने मन्त्री भट्टराईले प्रतिबद्धता जनाउनुभयो ।