News

हराएको २ दिनपछि जंगलमा भेटिइन् बालिका

हराएको २ दिनपछि जंगलमा भेटिइन् बालिका

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की दुई वर्षिया बालिका  हराएको दुई दिनपछि सकुशल फेला परेकी छिन्। साउन १२ गते दिउँसो घरैबाट हराएकी सुम्निमा लिम्बुलाई प्रहरीले नजिकैको जंगलमा मंगलबार  सकुशल फेला पारेको हो । 

 

बालिकाका बाबुआमा काममा गएका थिए । बालिका हजुरबासँग घरमै बसेकी थिइन् । उनी कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जय सिंह थापाले बताए ।  

ताप्लेजुङ सुम्निमा लिम्बु

विशेष