News

पशुपतिका मूर्ति गायब 

पशुपतिका मूर्ति गायब 

काठमाडौं । ग्वलः अर्थात् पौराणिक पशुपति क्षेत्र । नौवटा चोक, नौवटा डबली,  नौवटा कुवा,  नौवटा धारा,  नौवटा इनार,  नौवटा शक्तिपीठ,  नौवटा क्षेत्रपाल,  नौवटा पोखरी र  नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपात क्षेत्र । गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो ।

 

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पाशुपतको अस्तित्व खतरामा पर्न थालेको छ । पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । विस्तृत खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । 

पशुपति मूर्ति

विशेष