News

खेतमा कुलो लगाउने क्रममा विवाद हुँदा हत्या

खेतमा कुलो लगाउने क्रममा विवाद हुँदा हत्या

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका वडा–३ टोलाडी बस्ने ४५ वर्षीय लक्ष्मण कुमालले छिमेकी ४९ वर्षीय मोतीबहादुर कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । 

राति २ः३० खेतमा कुलो लगाउने क्रममा विवाद भएपछि लक्ष्मणले मोतीबहादुरमाथि खुर्पा प्रहार गरेका थिए । वडा अध्यक्ष कर्ण ध्वज जिसीका अनुसार हत्यापश्चात लक्ष्मणले वामीटक्सार प्रहरी चौकीमा मोतीबहादुरको हत्या गरेको भन्दै आत्मसमर्पण गरेका थिए ।  
 
जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले घटनाको थप अनुसन्धान भइरहेको र शवसहित लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइने तयारी भइरहेको जानकारी दिए । 

गुल्मी

विशेष