News

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । वडाध्यक्ष भक्तबहादुर खड्काका अनुसार मंगलबार राति अज्ञात समूहले आगजनी गर्दा वडा कार्यालय क्षतिग्रस्त भएको छ ।

ढोकाको ताल्चा काटेर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको वडाध्यक्ष खड्काले जानकारी दिए । वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको छ । 

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नाललले घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान थालिएको बताए । घटनाको प्रकृति हेर्दा विप्लवका कार्यकताले गरेको हुनसक्ने सम्भावना कम रहेको उनको आशंका छ।  

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका आगजनी

विशेष