News

विप्लवका कार्यकर्ताद्वारा २ गाडीमा आगजनी

विप्लवका कार्यकर्ताद्वारा २ गाडीमा आगजनी

मकवानपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गयराति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन्। विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले कार पूर्णरूपमा जलेको र ट्रकको अगाडिको भाग मात्र जलेको बताए। यसैगरी हेटौंडाका विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेका छन्। हेटौंडाको थानाभर्‍याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ।  

आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ गाडी

विशेष