News

त्रिविले दियो एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ वटा डिग्री

त्रिविले दियो एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ वटा डिग्री

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एकै व्यक्तिलाई १२ विषयमा नम्बर थपेर ३ वटा डिग्री(स्नातकोत्तर) को प्रमाणपत्र दिएको पाइएको छ।

अख्तियारको नियन्त्रणमा रहेका अधिवक्ता सुरेन्द्रकुमार कोइरालालाई पनिकाले मानविकी संकाको अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका विषयहरूमा नम्बर थपेर प्रमाणपत्र जारी गरेको हो।

जथाभावी नम्बर थपेको आरोपमा पनिका मानविकी संकायका गोप्य शाखाका अधिकृत रामु कर्माचार्यसमेत अख्तियारको छानविनमा छन्। त्रिविले गरेको छानबिनमा कर्माचार्यले कोइरालालाई अर्थशास्त्र, समाजशास्त्र र ग्रामीण विकास विभागअन्तर्गतका १२ विषयमा नम्बर थपिदिएको पाइएको हो।

अर्थशास्त्रका ६, समाजशास्त्र र ग्रामीण विकासमा ३/३ विषयमा नम्बर थपिएको त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले  जानकारी दिए। कोइरालाले पनिकाबाट डिग्रीका लागि चार प्रमाणपत्र लिएका थिए। तीमध्ये तीन वटामा नम्बर थपिएको पाइएका हो। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

त्रिवि सुरेन्द्रकुमार कोइराला

विशेष