संसद बुधबार पनि चल्न सकेन, विहीबार पुनः बस्ने
काठमाडौँ । प्रतिपक्षी दलले प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनाको अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा नाराबाजी गरेपछि बैठक स्थगित भयो ।
बुधबारको बैठक सुरु हुनासाथ प्रतिपक्ष दल कांग्रेस र राजपाका सांसदहरु उठेर बेल घेर्न पुगे र नारावाजी गरे।
नाराबाजीका क्रममा उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, संसदीय छानबिन समिति गठन गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारवाही गर्नुपर्नेलगायतका माग राखे ।
प्रतिपक्षी नाराबाजीमा उत्रिएपछि सभामुख कृष्णबहादुर महराले साउन १६ गते विहीवार दिनको दुई बजेबस्ने गरी बैठक स्थगित गर्नुभएको थियो ।