योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रमण्डल विस्तार गर्नुहुनेभएको छ । प्रधानमन्त्री ओली आफैँले सम्हाल्दै आउनुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा नेकपा युवा नेता एवं स्थायी समिति सदस्य योगेश भट्टराईलाई दिन लाग्नुभएको हो ।
भट्टराईको आजै ४ बजे सपथ हुने जनाइएको छ । साँझ ४ बजे राष्ट्रपति भवनमा सपथ समारोह राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनपछि यो मन्त्रालय प्रधानमन्त्रीले नै हेर्दै आउनुभएको थियो ।