नवलपरासीमा छुट्टाछुट्टै घटनामा एकको मृत्यु, १२ घाइते

नवलपरासीमा छुट्टाछुट्टै घटनामा एकको मृत्यु, १२ घाइते

नवलपरासी । नवलपरासी पूर्वमा बुधबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।

यस्तै मध्यविन्दु नगरपालिका–८, फूलबारीमा ना७ख ६८४१ नम्बरको बसलाई  ना७ख ६३ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा सवार १२ घाइते भएका छन्।

घाइतेमध्ये सामान्य १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। सुर्खेत घर भएका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरकको अवस्था गम्भीर छ। उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटना

संम्बधित खबर

विशेष