News

यी हुन् असार १५ का चर्चित र विवादित तस्वीरहरु

यी हुन् असार १५ का चर्चित र विवादित तस्वीरहरु

हरि न्याैपाने 
काठमाडौँ । असार १५ मा मनाइने धान दिवस कतिपयलाई रमाइलो गर्ने, साथीभाइबीच खुशीयाली छाउने अवसर बन्ने गरेको छ भने कतिपयलाई अनावश्यक झण्भट । झण्झट यसकारण बन्छ कि उनीहरुका गतिविधि समाजका लागि पाच्य बन्दैन । अघिल्ला वर्ष धान दिवससँग तालुक राख्ने विभागीय मन्त्री नै विवादित बन्न पुगेका थिए । रहर र कहरले गरिने धान दिवसले यस वर्ष पनि केही व्यक्तिलाई विवादमा तान्यो ।

 

अधिकांशले रहरै लिएर भएपनि हिलोमा फोटा खिचाए, कतिपयले वास्तविक धान दिवस मनाए, कतिपयले क्षणिक । यस वर्ष समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले गोरु साउने काम गरे भने सांसद नवराज सिलवालले हातमा पञ्जा लगाएर रोपो रोपे । एक मोडलले धानको बिउले गोप्य अंग छोप्दै फोटो सुट गराईन । उनी थिइन् मोडल रितिका जिरेल । हामीले असार १५ पछिका विवादित प्रसंग आज उजागर गरेका छौँ । 

तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले असार १५ कै कारण राजीनामा मात्र गर्नुपरेन सधैँका लागि दाग लाग्यो । भक्तपुरमा भएको एक रोपाइँ कार्यक्रममा सहभागी भएलगत्तै उनले एक स्थानीय महिलालाई हिलो दलिदिएका थिए । मन्त्रीले हिलो दलको तस्वीर समाजले पचाएन । उनले आफूले गलत नियतसाथ काम नगरेको स्पष्टीकरण दिएपनि मन्त्रीबाटै राजीनामा गर्न बाध्य हुनुपर्यो । 

 

तस्वीर २ :

तत्कालीन कृषि मन्त्री हरिबोल गजुरेललको यो तस्वीर । मन्त्री गजुुरेलले त्यसबेला आलस्यताका कारण हो वा व्यस्तता । मन्त्रालय भित्रै गमलामा धान रोपे । तस्वीर खिचाए । विभागीय मन्त्रीले गमलामा धान रोपको तस्वीर सार्वजनिक भएसँगै मानिसहरुले अनावश्यक टिप्पणी गर्न थाले । 

 

तस्वीर ३ 


पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको यो तस्वीर । अघिल्ला नेताहरुको तस्वीरले विवाद निम्त्याएपनि डा. भट्टराईको कार्य र तस्वीर भने विवादमुक्त छ । भट्टराइले गरेको कार्य प्रशंसनीय भएको भन्दै धेरैले सकारात्मक लिएका छन् । 

तस्वीर ४ 
मोडेल रितिका जिरेलको यो तस्वीर


धानको बिउले गोप्य अंग ढाकेर तस्वीर सुट गराएपछि मोडेल  रितिका जिरेललाई धेरैले आलोचना गरे । यद्यपि उनले अग्रज, साथीहरुको सल्लाहले तस्वीर खिचेको बताएकी छिन् । 

तस्वीर ५ 
सांसद नवराज सिलवालको यो तस्वीर

प्रहरीमा आइजिपी बन्न नपाएपछि राजनीतिमा लागेका पूर्व डिआईजी एवं सांसद नवराज सिलवालको यो तस्वीर पनि यस वर्ष भाइरल बन्न पुग्यो । जनताको पिरमर्का समाधान गर्ने प्रतिबद्धतासहित ललितपुरबाट सांसद बनेका सिलवालले किसानलाई हौसला दिन खिचेको यो तस्वीरले सिलवालले हिलो छुन डराएर हातमा पन्जा लगाएर यस्तो तस्वीर किन खिचाउनु अनि किन धान रोपेकाे जस्ताे गर्नु भन्दै अधिकांशले आलोचना गरे ।

यी बाहेक अन्य चर्चित तस्वीरहरु यस्ता छन् : 

 

विशेष