दुर्घटना रोक्ने रुख !
डुबेको मान्छेलाई त्यान्द्राको सहारा भन्ने उक्ति मानिसका लागि मात्र हैन, गाडीका लागि पनि सान्दर्भिक ठहरिने रहेछ । ओखलढुङ्गा हर्कपुरमा भएको एउटा सडक दुर्घटनाले यही पुष्टि गरेको छ । केही दिनअघि सडकबाट २५ मिटर तल खसेको गाडीलाई भीरबाट खोलामा खस्नबाट एउटा सामान्य रुखले जोगाएको छ । जसका कारण जनको क्षति हुन पाएन् । यो रुखको अडेस नपाएको भए उक्त सुमो जिप सयौं मिटर तल खोलामा खस्ने थियो ।
यो घट्नाले देशभर जंगल हराभरा बनाउन सके सडक दुर्घटनाबाट बच्ने उपाय हुने शिक्षा दिएको छ । लाखौं विरुवा रोप्ने तर हुर्काउन उदासीन रहने सरकारी अभियानका लागि यो एउटा ठूलो पाठ हो । अब नारा फेरेर ‘रुख रोपौं, दुर्घटना कम गरौं’ भन्ने पो हो कि ?
गाडी