दीपक मनाङे अब नेकपाकै सांसद

दीपक मनाङे अब नेकपाकै सांसद

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन्। गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशका क्रममा मुख्यमन्त्री गुरूङले मनाङेलाई नेकपाको विधान पनि हस्तान्तरण गराए। मनाङेबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका बताइँदै आएको थियो ।

ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए। मनाङेसँगै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका किसान महासंघका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्।

दीपक मनाङे

संम्बधित खबर

विशेष