ईपिजी प्रतिवेदन बुझ्न भारत उत्साही देखिएन
नयाँदिल्ली । नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको दाबी गरिरहेको बेला भारतबाट भने प्रतिवेदन पहिलो सरकारमा बुझाउनुपर्ने धारणा आएको छ ।
भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रविश कुमारले भने, ‘इपिजी प्रतिवेदन दुवै देशका सरकारलाई अझैसम्म बुझाइएको छैन । इपिजी प्रतिवेदन बुझाएपछि कायान्वयनमा विचार गर्छौं ।’
संयुक्त प्रतिवेदन प्रधानमन्त्री मोदीलाई पहिले बुझाउने सहमति भएको थियो भन्ने पूरक प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता कुमारले भने, ‘सरकारलाई नबुझाएसम्म कसरी प्रधानमन्त्रीले बुझ्नुहुन्छ ?’
यसले प्रवक्ता कुमार इपिजीको प्रक्रिया र भएका सहमतिबारे अनभिज्ञ रहेको र भारतीय पक्ष प्रतिवेदन सार्वजनिक गर्न उत्साही नभउको संकेत गरेको छ । कुमारको भनाइप्रति इपिजी नेपाल समूहका सदस्य भेषबहादुर थापाले आश्चर्य प्रकट गरेका छन् । नउले कूटनीति र राजनीतिक तहमा भएको कुराकानी र दुवै पक्षले प्रतिवेदन तयारा पार्दा गरेका सहमतिअनुरुप नै भारतीय प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउन नेपाली टोली भारतीय पक्षको निम्तो पर्खिरहेको बताए ।
कान्तिपुर दैनिकबाट