बीमा रकम हत्याउन चार वर्षे छोरीको हत्या

बीमा रकम हत्याउन चार वर्षे छोरीको हत्या

बीमा रकमको लोभमा रौतहटका एक बावुले आफ्नी चार वर्षीया छोरीको हत्या गरेको खुलेको छ । २५ लाख बीमा रकमको लोभमा छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ ।

रौतहटको मौलापुरका ३९ वर्षीय रामकिशोर यादवले छोरी लक्ष्मी राय यादवको हत्या गरेको प्रहरीले जनाएको छ । रौतहट प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी आरोपी यादवलाई सार्वजनिक गरेको हो । असार १६ गते मध्यरात छोरी लक्ष्मीको घाँटी थिचेर हत्या गरी पोखरीमा फ्यालेको अवस्थामा १७ गते शव फेला परेको थियो ।

पक्राउ परेका यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा छोरीको नाममा २५ लाखको जीवन बीमा गराएका थिए । बीमाको रकम निकाल्ने योजनाअनुरुप नै यादवले छोरीको बीमा गराएको र बीमाको २९ औं दिनमा छोरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । राति आमासँगै घरमा सुतिरहेकी छोरीलाई बोकेर पोखरीको डिलमा लगेर नाक मुख थुनी हत्या गरी पोखरीमा फालेको आरोपी यादवले स्वीकारेका छन्।

बीमा गरेको एक महिना भित्रमा बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले उनले बीमा गराएको एक महिना नपुग्दै छोरीको हत्या गरेको हुनसक्ने प्रहरी भनाई छ ।

बीमा

संम्बधित खबर

विशेष