विदेश

अमेरिकामा शक्तिशाली भूकम्प, सचेत रहन राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकामा शक्तिशाली भूकम्प, सचेत रहन राष्ट्रपति ट्रम्पको आग्रह

अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका धक्का महसुस गरिएको हो।

उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै रहेको बिबिसीले जनाएको छ। भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका कारण त्रासिद बनेका छन्।

अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका छन्। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ। भूकम्प ६.४ म्याग्निच्युडको रहेको बताइएको छ।

क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सचेत रहन सबैलाई आग्रह गरेका छन्।

भूकम्प

विशेष