प्रचण्डलाई बाबुरामको जवाफ– कमाउनिष्ट पार्टीमा बौद्धिकता जरुरी पर्छ र ?

प्रचण्डलाई बाबुरामको जवाफ– कमाउनिष्ट पार्टीमा बौद्धिकता जरुरी पर्छ र ?

समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले दीपक मनाङेहरु भएको पार्टीमा आफ्नो औचित्य नहुने स्पष्ट गरेका छन् । 
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीमा नरहे डा. बाबुराम भट्टराईको बौद्धिकताको औचित्य नरहने भनी दिएको अभिव्यक्तिको जवाफमा डा. भट्टराईले यस्तो कडा टिप्पणी गरेका हुन् । 

अध्यक्ष प्रचण्डले नेकपा मुख्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा मोहन बैद्य, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, डा. भट्टराई लगायत नेताहरु सिंगो नेकपामा गोलबद्ध हुनुपर्ने बताएका थिए ।

प्रचण्डले आमन्त्रण गरेको केही समयपछि नै ट्वीटमार्फत भट्टराईले ट्वीटमार्फत कटाक्ष गरेका हुन् । उनले ट्वीटमा भनेका छन्– ‘कमरेड दिपक मनांगे जस्ता ‘बौद्धिक’ कमाउनिष्ट पार्टीमा अरु वौद्धिकहरु पनि आवश्यक पर्छ र ?’

उनले भनेका छन्– ‘यतिबेला जता काफल पाक्यो, उतै चरी नाच्यो प्रवृत्ति निकै मौलाउँदैछ । डनहरु, व्यापारीहरु, क्रान्तिबाट थाकेकाहरु सत्ताधारी पाटी पसेर रस चुस्न होडबाजी गर्दैछन् । सपाबाट नेकपा पस्न लागेका केहीले यता घुक्र्याएर पद लिने र उता अध्यक्षद्वयसंग बार्गेन गरेर राम्रै लाभ लिन लागेछन् । भलो होस् ।’ 

डा. बाबुराम भट्टराई

संम्बधित खबर

विशेष