News

काठमाडौंमा भूकम्पको ठूलो धक्का, मानिसहरु केहीबेर सडकमा

काठमाडौंमा भूकम्पको ठूलो धक्का, मानिसहरु केहीबेर सडकमा

 काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार दिउँसो करिब ४:१५ बजे भक्तपुर केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको गहिराइ ६६ किमी रहेको जनाएको छ। यसअघि मुगु केन्द्र बनाएर ४.६ म्यानेच्युट क्षमताको भूकम्प गएको थियो। योसँगै जेठ महिनामा चार वटा भूकम्पका पराकम्पन गएका थिए। रामेछापको गुमदेल क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.९ म्याग्नेच्युड क्षमताको भूकम्प गएको थियो भने लमजुङ केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

त्यस्तै जेठमा नै धादिङ केन्द्र भई ५.० म्याग्नेच्युडको भूकम्प गएको थियो। २०७२ सालको विनाशकारी भूकम्पपछि नेपालाका विभिन्न क्षेत्रमा परकम्पनहरू गइरहेका छन्। विज्ञहरूका अनुसार १०औँ वर्षसम्म यस्ता पराकम्पनहरू गइरहन्छन्।

भूकम्पको धक्का महसुस भएपछि मानिसहरु चिच्याउँदै सडकमा निस्किएका थिए । 

विशेष