विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात हुने
काठमाडौं । भारतको तीव्र दबाबका कारण भन्सार नाकामा तकारी तथा फलफूको विषादी परीक्ष गर्ने नीतिगत व्यवस्थाबाट सरकार दुई सातामै पछि हटेको छ ।
असारको पहिलो साता विषादी परीक्षण गरेर मात्र तरकारी तथा फलफूलको आयात अनुमति दिने निर्णय गरेको सरकारले भारतीय दबाब पछि विषादी परीक्षबिनै सरकारी तथा फलफूल आयात गर्न दिने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकबाट गरेको हो ।
विषादी परीक्षण गरेर मात्र तरकारी तथा फलफूल आयातमा अनुमति दिने निर्णय तत्कालका लागि स्थगन गरिएको उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले स्वीकार गरे ।
‘बजारमा तरकारीको अभाव देखिएपछि आपूर्तिमा बाधा नपरोस् भनेर अहिलेलाई परीक्षण नगरी ल्याउन दिने निर्णय गरेका छौं, यादवले भने । भारतको दबाब भने यादवले स्वीकार गरेनन् ।
नागरिक दैनिकबाट